हाइकिङ ६१ औं श्रृङ्खलामा अस्तामको नौमती बाजापार्क र धिताल गाउँको प्रवद्र्धन
पाेखरा | भदौ २, २०८२
पोखरा: हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाईकिङ भाग ६१ को श्रृङखलामा कास्की जिल्लाको धिताल गाउँ र अस्तामको नौमती बाजापार्कको प्रवद्र्धन गरिएको छ ।
साउनको अन्तिम शनिबार पोखरा ९ दरबारथोकमा भेला भई हेमजाको सुइखेत सम्म वसमा, त्यसपछि पैदल हेम्जाकोट सामुदायिक होमस्टे हुदै धिताल होमस्टेमा पुग्दा संचालन विशाल पौडेलले पुष्पगुच्छाले स्वागत गरेका थिए ।
हाइकिङ समुह धितालबाट, अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्का हुँदै मिलनचोक सम्म पैदल आई हाइकिङ समापन गरिएको थियो ।
त्यसपछि माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ अस्ताममा रहेको नौमती बाजा समुन्द्री सतहबाट १५५० मिटरको उचाईको पोखरीडाँडामा निर्माण गरिएको नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा प्रदर्शनमा राखिएकोे छ ।
हरेक महिनाको अन्तिम शनिबार विगत ६ वर्षदेखि नियमित रुपमा हाईकिङ कार्यक्रम संचालन भइरहेको छ । क्लबको आयोजना भएता पनि उक्त दिनको यातायात र खानाको खर्च सहभागि आफैले व्यहोर्नु पर्ने यस कार्यक्रममा दिनप्रतिदिन सहभागिताको वढ्दो उपस्थितिले क्लबलाई हौसला मिलेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
पहिलो पटक सहभागि जनसंचार डटकमका प्रकाशक, पत्रकार ओम हमालले हरेक महिना नयाँनयाँ गन्तव्यमा पैदलै हिड्दै, गाउँघर चाहर्दै गाउँको अर्गानिक खानाको स्वाद लिन पाईने भएकोले यसको आकर्षण वढ्ने वताए । उनले यस्ता राम्रा कार्यक्रमहरु गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने संस्थालाई राज्यले सहयोग गर्नु पर्ने पनि बताए ।
हाइकिङमा सहभागि पवित्र वचत तथा ऋण सहकारीका अध्यक्ष तथा समाजसेवी बुद्धिबहादुर रानाभाटले हाइकिङको सुरुवाती समयमा आफु पनि सहभागी हुने गरेको स्मरण गर्दै हाइकिङले हिड्ने वानीको विकास गर्ने बताए ।
हाइकिङ कार्यक्रममा पोखरा ११ फुलवारीकी कक्षा ५ की विद्यार्थी १० वर्षीय सगुन वास्तोला, व्यवसायी, राजनीतिक व्यक्तित्व, विभिन्न पेशा व्यवसायमा आवद्ध सहभागी भएका थिए ।
आगामि ६२ औं हाईकिङ श्रृङ्खला भदौको अन्तिम शनिबार २८ गते आयोजना गरिने छ भने कहाँ जाने भन्ने निर्णय तेश्रो शनिबार गरिने क्लबका सदस्य पितम सेन ठकुरीले बताए ।
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

